कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानीको समस्या समाधानका उपाय

डा. दिनेश पाठक

पहाडमा भूमिगत जलस्रोेतको मुख्य प्रयोजन भनेको पिउन हो भने तराईमा पिउन तथा सिंचाइ दुवैका लागि हो ।

पानी र मानव सभ्यताको विकासको गहिरो सम्बन्ध छ । भनिन्छ, संसारका प्रमुख नदी किनाराहरू मानव सभ्यताको विकासका केन्द्रविन्दु थिए । अपि|mकाको नाइल, दक्षण्िा अमेरिकाको अमाजोन लगायत हाम्रोे क्षेत्रको गंगा नदी यसका केही उदाहरण हुन् । ऐतिहासिक कालमा प्रविधिको उपयुक्त विकास नभइसकेको अवस्थामा खोलानालामा बग्ने तथा ताल-पोखरीको पानी मानिसको जीविकोपार्जनसँंग प्रत्यक्ष सम्बन्ध राख्थ्यो । प्रविधिको विकाससँंगै पानीको गुणस्तर बारेमा ज्ञान वृद्धि हुँदै गयो र भूमिगत जलको प्रयोग पहिलो रोजाइमा पर्न थाल्यो । भूमिगत जलको प्रयोग जनसंख्या वृद्धिसंँगै नदी किनारा तथा ताल-पोखरीभन्दा पनि पर बस्ती विस्तार गर्नुपर्ने बाध्यतासंँगै सोही स्थानमा उपलब्ध हुने पानीको स्रोेत खोजी गर्नुपर्ने स्थिति सिर्जना भयो । यसरी सतहमा उपलब्ध हुने पानी तथा सतह मुनिको पानी दुवै हाम्रो दैनिकीसंँग प्रत्यक्ष सरोकार राख्ने वस्तुहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । यसै सन्दर्भमा नेपालमा पिउने पानीको स्रोेत विशेषतः भूमिगत जलस्रोेतको महत्त्व, सामाजिक समस्या र त्यसको समाधानका लागि आउँंदा दिनमा अवलम्बन गर्नुपर्ने नीति, सरकारी जिम्मेवार निकाय र त्यहाँ आवश्यक जनशक्ति बारेमा विवेचना गर्नु सान्दर्भिक हुनेछ ।
पहाडदेखि तराईसम्म पिउने पानीका लागि धेरै पहिलेदेखि नै भूमिगत जलस्रोेत उपयोग गरिँंदैछ । पहाडमा विशेषतः मूलबाट तथा समथर भागमा इनार तथा कलधारामार्फत प्राप्त पानी उपयोग गरिन्छ । धेरै पानी प्राप्त गर्न गहिरो बोरिङ गरेर पम्पले तान्नुपर्ने हुन्छ । पहाडमा त्यस्ता स्थानमा मात्रै मूल उपलब्ध हुन्छ, जहाँ भूमिगत जलको सतह र जमिनको सतहको अवस्थिति समुद्र सतहबाट कम्तीमा एउटै उचाइमा रहन जान्छ । यथार्थमा नेपालमा दुई किसिमको भूमिगत जलस्रोेतको भण्डारको कल्पना गर्न सकिन्छ ः चिरा-चिरा परेको चट्टानी भागमा हुने जलभण्डार र नरम बलौटे माटोमा हुने जलभण्डार । पहाडमा पहिलो किसिमको जलभण्डारको उपलब्धता रहन्छ भने पहाडी भागको उपत्यका तथा तराईको समथर भू-भागमा मूलतः दोस्रो किसिमको जलभण्डारको सम्भावना रहन्छ । पहाडमा भूमिगत जलस्रोेतको मुख्य प्रयोजन भनेको पिउन हो भने तराईमा भूमिगत पिउन तथा सिंचाइ दुवैका लागि हो ।
तराईमा भूमिगत जलस्रोेतको उपलब्धतामा खासै कमी आएको देखिंँदैन भने पहाडी भागमा यसको उपलब्धतामा कमी आएको कारण सामाजिक समस्या उत्पन्न भएका समाचारहरू विभिन्न पत्रपत्रिकामा हामीले पढ्दै आएका छौं । खानेपानीका कुवामा पानी आउनै छाडेको र सुक्न लागेकाले पाँचथरका केही गाउँका वासिन्दाले घन्टौं हिँडेर पानी थाप्नुपर्ने बाध्यता छ भने पानी लिन टाढा जानुपर्ने कारणले छोरी दिन अस्वीकार गरिएका समाचार पनि आएका छन् । प्युठानमा शुद्ध पिउने पानीको अभावमा खोलाको पानी पिउन बाध्य भएको समाचार पहाडको ठूलो जनसंख्याले भोग्नुपरेको समस्याको प्रतिनिधिमात्रै हो । काभ्रे पाँचखालका किसान पानीका मुहान र इनार सुक्दै गएपछि दूध बेचेर पानी किन्न बाध्य छन् भन्ने समाचारले समस्याको गहिराइलाई संकेत गर्छ । रामेछापको भलुवाजोरमा स्थानीयले पानीको स्रोत नजिकै ट्यांकी बनाई ताल्चा लगाउने धाराको व्यवस्था गरी पानीको सुरक्षा गर्नुपर्ने अवस्था आइपर्नुले राम्रोे कुराको संकेत गरिरहेको छैन ।
पानीको उपलब्धतामा कमी आउनुमा विभिन्न कारण छन्, जसमा वातावरण विनाश । जस्तै- जंगल फँडानी, ग्रामीण सडक निर्माण लगायत जनसंख्या वृद्धि तथा जलवायुमा आएको परिवर्तन, जस्तै- लामो समयको झरीको साटो छोटो समयमा अत्यधिक वर्षा हुनु आदिलाई लिन सकिन्छ । यस समस्यालाई समयमा नै सम्बोधन नगर्ने हो भने गाउँका गाउँ बसाइँ सर्न बाध्य हुनेछन् भने सामाजिक अन्तरकलहको परिस्थिति सिर्जना हुनसक्छ ।
उक्त समस्याको समाधान गर्न सामान्यतः स्रोत व्यवस्थापन, पूर्वाधार निर्माण गर्दा प्राकृतिक वातावारणीय पक्षलाई ध्यान दिने, उचित भू-उपयोगलाई व्यवहारमा लागु गर्ने जस्ता कार्यलाई लिने गरिन्छ । तर यति प्रयासले मात्रै पानीको उपलब्धता सुनिश्चित गर्न सकिँदैन । भूमिगत जलको सतह जमिनभन्दा तलतल जाँदै गरेको अवस्थामा प्राकृतिक बहावबाट प्राप्त हुने मूलको पानीको मात्रामा कमी आउनु अथवा मूल सुक्नु सामान्य कुरा हो । यसको अर्थ भूमिगत जलभण्डार पूरै रित्तिएको भने हैन । तसर्थ जमिनमुनि चट्टान भित्रको जलभण्डारमा भएको पानीको प्रयोग गर्नु नै समस्या समाधानका लागि दिगो र उचित कदम हुनेछ । उक्त जलभण्डार उपयोग गर्नका लागि सम्बन्धित प्राविधिकको ज्ञानको उपयोग गर्नु जरुरी हुन्छ र उक्त व्यक्ति भनेको भूगर्भ विज्ञानको आधारभूत ज्ञान भएको भूमिगत जलविज्ञ हो । कस्तो किसिमको भौगर्भिक अवस्थिति, चट्टानको प्रकार र संरचना भूमिगत जलभण्डारणका लागि उपयुक्त भई कुन स्थानमा कति गहिराइमा भूमिगत जलसतह अवस्थित हुनसक्छ भनी अध्ययन गर्नु भूमिगत जलविज्ञको क्षेत्रभित्र पर्छ । पहाडी भागमा पिउने पानीको समस्या समाधान गर्नका लागि चट्टानभित्र सञ्चित पानीलाई कम गहिराइका बोरिङहरू डि्रल गरी प्रयोगमा ल्याउन सकिन्छ ।
भूमिगत जलस्रोतको अध्ययन, अनुसन्धान र दोहनमा प्रत्यक्ष सरोकार राख्ने र त्यससम्बन्धी दक्ष जनशक्ति भएको सरकारी निकाय भूमिगत जलस्रोत विकास समिति हो । यसको कार्यक्षेत्र विशेष रूपमा तराईका जिल्लामा र त्यो पनि सिंचाइ प्रयोजनका लागि लक्षति भई व्यावहारिक रूपमा साँघुरिन पुगेको छ । यहाँ भूगर्भशास्त्रीहरू भूमिगत जलविज्ञको रूपमा कार्यरत छन् । यस समितिको कार्यक्षेत्रलाई विस्तृतीकरण गरी भूमिगत जलस्रोत विकास प्राधिकरणको स्वरुप दिनु जरुरी छ । यसको कार्यक्षेत्र भूमिगत जलस्रोतको व्यापक अध्ययन, अनुसन्धान, अनुगमन, नियमन, नियन्त्रण र उत्पादन अनुमति निर्धारण गर्नेतर्फ केन्दि्रत गर्नु सान्दर्भिक देखिन्छ । यसका लागि आवश्यक जनशक्ति, संस्थागत संरचना तथा ऐन-नियम तर्जुमा गरी चारवटा रिभर बेसिनमा एक-एकवटा बेसिन कार्यालय स्थापना गरेर कार्य अघि बढाउँदा उपयुक्त हुन्छ । पहाडी भागमा भूमिगत जलस्रोतको सम्भाव्य नक्साहरू तयार गर्नसकेमा उक्त नक्सा जुनसुकै प्रयोजन -सिंचाइ र पिउने पानी) का लागि प्रयोग गर्न सकिन्छ ।
सिंचाइ विभाग अन्तर्गत भूमिगत सिंचाइ प्रणाली महाशाखाको कार्यक्षेत्र सिंचाइ प्रयोजनका लागि निश्चित छ भने पिउने पानीसंँग सम्बन्धित अन्य निकायमा नेपाल खानेपानी संस्थान र खानेपानी तथा ढल निकास विभाग हुन् । संस्थानको कार्यक्षेत्र मुख्यतः नगरपालिका क्षेत्र हो भने विभाग अन्तर्गत डिभिजन कार्यालयहरू अवस्थित छन् । त्यस्तै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड पनि एक समानान्तर निकायको रूपमा काठमाडौं उपत्यकामा पिउने पानी सुनिश्चित गर्ने उद्देश्यले स्थापना भएको छ । यी कार्यालयहरूलाई भूमिगत जलदोहनको जिम्मेवारी दिई आशातित प्रतिफलको अपेक्षा गर्न नीतिगत, संस्थागत तथा जनशक्ति संरचना परिमार्जन गर्नु जरुरी छ ।

प्रकाशित : चैत्र ५, २०७० ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?