कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

बलात्कार मुद्दाका अभियुक्त ९ वर्षपछि पक्राउ

भाद्र ३०, २०८१
बलात्कार मुद्दाका अभियुक्त ९ वर्षपछि पक्राउ

डोटी — जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालत डोटीबाट दोषी ठहर भएका एक अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले आइतबार बिहान दिपायल सिलगढी नगरपालिका वडा नं. ७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्कालाई अदालतबाट दोषी ठहर भएको ९ वर्षपछि पक्राउ गरिएको डीएसपी भीमलाल भट्टराइले जानकारी दिए । 

खड्का दिपायल सिलगढी नगरपालिकामा सवारी चालकका रुपमा कार्यरत रहेका थिए । जिल्ला अदालत डोटीले २०७२ साउन ३० गते दोषी ठहर गर्दै ३ वर्षका लागि जेल सजाय तोकेको थियो । तर उनी भने त्यसयता फरार रहँदै आएका थिए । प्रहरीले आइतबार नै उनलाई जिल्ला अदालत डोटीमा पेस गरेको छ ।

प्रकाशित : भाद्र ३०, २०८१ १६:२२
×