कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

महाकालीको बहाव घट्दै, गाइड बण्डको कटान रोकिएन

भाद्र ३०, २०८१
महाकालीको बहाव घट्दै, गाइड बण्डको कटान रोकिएन

कञ्चनपुर — महाकाली नदीमा पानीको बहाव घटेको छ । तर नदीले चार लेनको पक्की पुलको छेउमा निर्माणाधीन पोखरीको गाइड बण्ड कटान भने रोकिएको छैन । बाढीले गाइड बण्ड भत्काएर पोखरी भरिएको छ । 

प्रहरीका अनुसार आइतबार बिहान महाकालीमा पानीको बहाव ९५ हजार क्यूसेक पुगेको छ । पानीको बहाव १ लाख क्यूसेकभन्दा तल झर्ने बितिक्कै चार पांग्रे सवारी साधनका लागि तीन दिनदेखि बन्द रहेको शारदा ब्यारेजको बनवासा पुल खुला गरिएको छ ।

लगातारको वर्षापछि महाकालीमा बाढी आएपछि शुक्रबारदेखि ठूला सवारी साधन आवागमनमा रोक लगाइएको थियो । महाकालीको बाढीले जोगबुडा र भुजाला खोलाको बहाव रोकिँदा बाढी बस्तीतिर पसेर ठूलो संख्यामा स्थानीय विस्थापित भएका छन् ।

शुक्रबार महाकालीमा पानीको बहाव ४ लाख ६१ हजार क्यूसेक पुगेको थियो ।

प्रकाशित : भाद्र ३०, २०८१ १६:२८
×