कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दाउरा निकाल्ने क्रममा महाकाली नदीमा बगे दुई किशोर

भाद्र २९, २०८१
दाउरा निकाल्ने क्रममा महाकाली नदीमा बगे दुई किशोर

Highlights

  • एकको शव भेटियो, एक अझै बेपत्ता

कञ्चनपुर — महाकाली नदीमा बगेर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरी नजिकै दाउरा निकाल्ने क्रममा शनिबार बिहान दुई किशोर बगेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक इश्वर थापाका अनुसार १८ वर्षीय सौरभ दमाई र १५ वर्षीय अभि दमाई नदीमा बगेका थिए । सौरभको शव भेटिएको उनले बताए । अभिको खोजी भइरहेको छ ।

महाकाली नदीमा बाढीले बगाएर ल्याएका संकलनका लागि स्थानीय नदी किनारमा जाने गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार महाकालीमा पानीको बहाव घटिरहेको छ । शनिबार दिउँसोका मापन अनुसार पानीको बहाव २ लाख क्युसेक पुगेको छ ।

शुक्रबार पानीको वहाव ४ लाख ६१ हजार क्युसेक पुगेको थियो ।

प्रकाशित : भाद्र २९, २०८१ १३:३४
×