कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बैतडीमा पहिरोले एक घर भत्कायो, ८ घर उच्च जोखिममा

भाद्र २९, २०८१
बैतडीमा पहिरोले एक घर भत्कायो, ८ घर उच्च जोखिममा

दार्चुला — लगातारको वर्षाका कारण पहिरोले बैतडीमा एक घर भत्काएको छ । भारी वर्षाले बैतडीको सुर्नया–६ धुलिधारका जनकराज अवस्थीको घर पहिरोले भत्काएको हो। पहिरोका कारण विभिन्न ठाउँका ८ घर उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

घर भत्किँदा उनको गोठमा बाँधेका एक होल गोरुलाई समान्य चोट लागेको स्थानीय नवराज अवस्थीले बताए । उनका अनुसार धुलिधारकै अम्बादत्त पन्त, चन्द्रदेव पन्त र पदमराज अवस्थीको घर पहिरोको जोखिममा छन् । पहिरोले अम्बादत्त पन्त र चन्द्रदेव पन्तको तरकारी बारीमा लगाएको बन्दा समेत नष्ट भएको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालयका अनुसार दशरथचन्द नगरपालिका–११ नागार्जुन पड्याबाज भन्ने स्थानमा पाँच घर पहिरोको जोखिममा परेका छन् । शुक्रबार दिउँसो घरको आँगन पहिरोले लगेपछि स्थानीय खिमानन्द पन्त, गुमानी पन्त, केशवदत्त पन्त, रगीदत्त पन्त र गोपालदत्त पन्तको घर पहिरोको उच्च जोखिममा परेको प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

अहिले पाँचै जनाको परिवार आफन्तको घरमा बसिरहेका छन् । पहिरोले घर भत्कन सक्ने सम्भावना रहेकाले उनीहरु आफन्तको घरमा सरेको प्रहरीले जनाएको छ । पहिरोले अम्बादत्त पन्त र चन्द्रदेव पन्तको बारीमा लगाएको बन्दा समेत नष्ट भएको बताइएको छ ।

प्रकाशित : भाद्र २९, २०८१ १४:०३
×