कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुगालाको पहिरोले जयपृथ्वी राजमार्ग फेरि अवरुद्ध 

भाद्र २९, २०८१
सुगालाको पहिरोले जयपृथ्वी राजमार्ग फेरि अवरुद्ध 

बझाङ — छबिसपाथिभेरा गाउँपालिका वडा नं –१, सुगालामा खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार साँझ आंशिकरुपमा खुलेको राजमार्ग शनिबार फेरि अवरुद्ध भएको हो । ठाउँ ठाउँमा पहिरो खस्न थाले पनि यो राजमार्ग बुधबार देखि नै पटक-पटक अवरुद्ध हुँदै आएको छ ।

बिहीबार बिहान पाँच बजेतिर जयपृथ्वी राजमार्गको जालेबगरमा खसेको पहिरोले दिन भर सडक अवरुद्ध भएको थियो ।

यस्तै, शुक्रबार बिहान जालेबगर, बालुवाटार, भ्यागुते खोला लगायत थुप्रै ठाउँमा पहिरोका कारण साँझ अबेरसम्म सवारी साधन र यात्रुहरु सडकमै अलपत्र परेका थिए । सडक अवरुद्ध हुँदा जिल्लाबाहिर जाने यात्रुवाहक गाडी र बाहिरी जिल्लाबाट भित्रिने सबै गाडी र यात्रु अलपत्र परेका छन् ।

दिनहुँ जसो सडक अवरुद्ध हुँदा यात्रुहरुले आवागमनमा निकै ठुलो सास्ती झेल्नु परेको छ । सुगालाको पहिरो हटाउनका लागि डोजरले काम सुरु गरिसकेको भए पनि पहिरो झर्ने क्रम नरोकिएका कारण यातायात सुचारु गर्न समस्या भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


प्रकाशित : भाद्र २९, २०८१ १३:४१
×