कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

जिप दुर्घटनामा घाइते युवतीको मृत्यु

भाद्र २६, २०८१

दार्चुला — बैतडीको सुर्नयामा मंगलबार जिप दुर्घटनामा घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । जिप दुर्घटनामा घाइते सुर्नया गाउँपालिका–८ की १८ वर्षीया सबिना महराको उपचारको क्रममा धनगढीमा मृत्यु भएको परिवारले जनाएको छ । 

मंगलबार बिहान सुर्नया गाउपालिका–८ ढुंगाकोटमा सुदूरपश्चिम प्रदेश ०१००ज १३५४ नम्बरको जिप दुर्घटनामा परी गम्भीर घाइते भएकी महराको धनगढीमा उपचारकै क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । घाइतेमध्ये सबिनालाई थप उपचारका लागि डडेलधुरा अस्पतालबाट धनगढी रेफर गरिएको थियो । जिप दुर्घटना परी घाइते भएका अन्य चार जना डडेलधुरामा उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

उक्त दुर्घटनामा घाइते हुने जिप चालक सुर्नया गाउँपालिका–७ का लालबहादुर कुँवर, सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महरा रहेका छन । उनीहरु डडेल्धुरामा उपचार भएपछि घर फर्किएका हुन् ।

प्रहरीका अनुसार जिप सडकबाट २० मिटर तल खसेको थियो । जिप चालक लालबहादुर कुवरलाई दुर्घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २६, २०८१ १४:१३
×