कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

नदीमा डुबेर एक किशोरी बेपत्ता

भाद्र २३, २०८१
नदीमा डुबेर एक किशोरी बेपत्ता

कैलाली — कैलालीको खुटिया नदीमा डुबेर आइतबार एक किशोरी बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा धनगढी उपमहानगरपालिका–१४ जी गाउँ बस्ने की १६ वर्षीया जेनिशा अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिका–१५ र ७ को बीचमा पर्ने वेली पुल नजिकै खुटिया नदीमा नुहाउने क्रममा अवस्थी र उहाँकी बहिनी १४ वर्षीया सवी अवस्थी डुबेका थिए ।

प्रहरी र स्थानीयको सहयोगमा सवीको उद्धार गरिउको थियो भने जेनिशा भने बेपत्ता भएकी छन । सवीको अवस्था गम्भीर रहेको र बेपत्ता जेनिशाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २३, २०८१ १८:५६
×