कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

जबरजस्ती करणीको आरोपमा स्वास्थ्य चौकी इन्चार्ज पक्राउ

भाद्र २०, २०८१

धनगढी — जबरजस्ती करणी गरेको आरोपमा बैतडीमा एक जना स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । बैतडीको सिगास गाउँपालिका-२ मा रहेको गाँजरी स्वास्थ्य चौकीका इन्चार्ज ४१ वर्षीय धनकबहादुर धामीलाई  बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक गिरीले बताए ।  

धामीले आफूमाथि पटकपटक जवरजस्ती करणी गर्दै आएको भन्दै ३१ वर्षीया एक अविवाहित युवतीले दिएको किटानी जाहेरीका आधारमा धामीलाई पक्राउ गरिएको गिरीले बताए । धामीलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र २०, २०८१ १५:१५
x
×