कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

दार्चुलामा २४ घण्टादेखि इन्टरनेट सेवा अवरुद्ध

भाद्र ३०, २०८१

दार्चुला — जिल्लामा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध भएको छ । डडेल्धुरामा अप्टिकल लाइनमा समस्या आएपछि २४ घण्टादेखि इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।

शनिबार दिउँसो अढाई बजेबाट इन्टरनेट सेवा अवरुद्ध भएको हो । दिउँसोदेखि इन्टरनेट र फोन सेवा अवरुद्ध भएकामा शनिबार साँझबाट फोन सेवा सुचारु भएको थियो । मर्मतको काम चलिरहेकाले फोन सेवा पनि जानेआउने भइरहेको नेपाल टेलिकम दार्चुलाका प्राविधिकहरु बताउँछन् ।

फोनमा टावर देखाइरहे पनि राम्रोसित कुराकानी हुन नसकेको दार्चुलाका स्थानीय नरसिंह धामीले बताए । इन्टरनेट सेवा पूर्ण रुपमा बन्द हुँदा यहाँ सरकारी तथा व्यक्तिगत काम प्रभावित भइरहेका छन् ।

प्रकाशित : भाद्र ३०, २०८१ १५:३४
×