कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

बैतडीमा करेन्ट लागेर महिलाकाे मृत्यु

भाद्र १७, २०८१
बैतडीमा करेन्ट लागेर महिलाकाे मृत्यु

दार्चुला — बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । पाटन नगरपालिका–६ स्थित डुङराकी ५७ वर्षीया जानकी लुहारको करेन्ट लागेर मृत्यु भएको हो । 

सोमबार अपरान्ह साढे ४ बजेको समयमा घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबिन तारमाथि भिजेका लुगा सुकाउनको लागि राख्ने क्रममा करेन्ट लागेर मृत्यु भएको आफन्त समेत रहेका पाटन नगरपालिकाका कार्यपालिका सदस्य खेमराज लुहारले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते अवस्थामा रहेकी लुहारलाई स्थानीयले उद्धार गरी उपचारको लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । घरको भान्सा कोठामा मिटरबक्स राखिएको बुझिएको छ ।

सोही मिटरबक्स नजिकैबाट लुगा सुकाउन प्रयोग गरिने ग्याबिन तार तानिएको र सोही तारमा करेन्ट लागेर मृत्यु भएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १७, २०८१ २०:१५
x
×