कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

२१ वटा आइफोनसहित एक युवक पक्राउ

भाद्र १७, २०८१
२१ वटा आइफोनसहित एक युवक पक्राउ

धनगढी — धनगढी विमानस्थलबाट सोमबार २१ वटा आइफोनसहित कैलालीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मोडेलका आइफोनका मूल्य करिब साढे ८ लाख रुपैयाँ रहेको प्रहरीको भनाइ छ । 

कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडका २७ वर्षीय राजु चौधरीलाई विमानस्थलमा काठमाडौँ पठाउने लागेको अवस्थामा २१ वटा आईफोनसहित पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।

चौधरी विमानस्थलको यात्री प्रवेशद्वारबाट भित्र प्रवेश गर्दा त्यहाँ रहेको एक्सरे मेसिनमा सामान चेकजाँच गर्दा ती मोबाइल फेला परेको प्रजिअ मिश्रले बताए ।

चौधरीले काठमाण्डौ पठाउन लागेका आइफोनहरुको बील नभएकोले अनुसन्धानका लागि नियन्त्रणमा लिएर कैलाली भन्सार कार्यालय त्रिनगरमा पेश गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कबिन्द्रसिंह बोहराले बताए ।

‘भन्सारकै ऐन नियम अनुसार अनुसन्धान र कार्वाही हुने हो,’ प्रवक्ता बोहराले भने, ‘भन्सार कार्यालयकै सिफारिसमा चौधरी आज प्रहरी नियन्त्रणमा छन् ।’

प्रकाशित : भाद्र १७, २०८१ २०:२६
x
×