कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

गौराका लागि घर फर्किँदै परदेशी

भाद्र ६, २०८१
गौराका लागि घर फर्किँदै परदेशी

दार्चुला — सुदूरपश्चिममा मनाईने प्रमुख चाड गौरा नजिएसँगै सीमा नाकाहरुमा आवतजावत बढेको छ । भारतसँग सीमा जोडिएका नाकाहरुबाट घर फर्कनेको संख्या पहिलाको तुलनामा बढेको छ ।

शुक्रबारबाट गौरा सुरु हुने हुँदा परदेशीहरु घर फिर्ता हुन लागेका छन् । काम विशेषले घर छोडेर बाहिर गएका मानिसहरु गौराको मौका पारेर थातथलो फर्किन्छन् । केही दिनदेखि रोजगारी र मजदुरीका लागि भारतका विभिन्न ठाउँमा गएका मानिसहरु स्वदेश फर्किरहेका छन् ।

भारतबाट घर फर्कनेहरुका कारण सीमा नाकाहरुमा भिडभाड बढेको प्रहरीले जनाएको छ । जिल्लामा करिब एक दर्जन नाकाहरु भारतसित सीमा जोडिएका छन् । दिनहुँ अहिले सीमामा मानिसहरुको ओहोरदोहोर बढेको छ ।

खास गरेर रोजगारीका लागि भारत पसेकाहरु गौराका लागि घर फर्कन थालेको महाकाली नगरपालिका–३ का विवेक भट्टले बताए । ‘स्वदेशमा भारतको तुलनामा रोजगारी र मजदुरी राम्रो पाईने हुँदा यहाँका धेरैजसो मानिसहरु जाने गरेका छन्’ उनले भने । भारतको ठूलो सहरमा रोजगारीका लागि जानेहरु एक/दुई वर्षको अन्तरमा घर फर्कन्छन् । खाशगरी चाडपर्वको समय मिलाएर घर फर्कँदा आफन्तहरु भेटघाट बढ्छ ।

गौराको समयमा परिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउने चलन छ । दुहुँ गाउँपालिका–३ का सुरेन्द्रबहादुर बमकाअनुसार दशैंतिहारभन्दा यहाँका बस्तीहरुमा गौरालाई बढी महत्वका साथ मनाइन्छ ।

गौरालाई सामाजिक सद्भावको पर्वका रुपमा मनाइने गरेको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताए । उनले गौराको समयमा गाउका सबै मानिस एक ठाउँमा जम्मा भएर सुखदु:ख साटासाट गर्न पाउँछन् । यसले गर्दा सामाजिक सद्भावमा पनि वृद्धि गरेको छ ।

प्रकाशित : भाद्र ६, २०८१ १८:१७
x
×