कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

नेविसंघका विद्यार्थीले गरे मध्यपश्चिम विश्वविद्यालयमा घेराउ 

भाद्र २८, २०८१
नेविसंघका विद्यार्थीले गरे मध्यपश्चिम विश्वविद्यालयमा घेराउ 

सुर्खेत — मध्यपश्चिम विश्वविद्यालयमा शुक्रबारलाई तोकिएको चुनाव स्थगित गराएको भन्दै नेविसंघका विद्यार्थीले केन्द्रीय क्याम्पस घेराउ गरेका छन् । 

पटक-पटक चुनाव हुने दिनमा स्थगित गरिएको भन्दै विद्यार्थीहरुले उपकुलपतिको राजीनामा माग गर्दै आन्दोलन गरेका छन् । उच्च अदालत सुर्खेतको अन्तरिम आदेशका कारण २८ गते हुने भनिएको चुनाव स्थगित भएसँगै विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।

नेविसंघका केन्द्रीय सदस्य रोशन बस्नेतले स्ववियुको चुनाव रोक्न सिंगो नेकपा एमाले नै लागेको आरोप लगाए । ‘मुख्यमन्त्री अखिलको कार्यकर्ताका रूपमा प्रस्तुत हुनु भयो,' उनले भने, 'चुनाव रोक्नतिर लाग्नुभन्दा मुख्यमन्त्री पदबाट राजीनामा दिएर हामीसँग चुनाव लड्नुहोस् ।’

'निर्वाचनको ब्यालेटलाई विश्वास गर्नुहुन्थ्यो भने यसरी प्रजातन्त्रको धरातल निमोठ्ने काम गर्नुहुन्थेन,' सदस्य बस्नेतले भने, ‘विश्वविद्यालयलाई राजनीतिक च्रकब्यूहमा राख्न खोजियो, उपकुलपतिज्यू कति दिन फोन अफ गरेर लुक्ने हो ? । यसरी विश्वविद्यालय चल्दैन ।’

विश्वविद्यालयलाई भ्रष्टाचारको अखडा बनाउन पटक-पटक चुनाव स्थगित गरिएको उनको आरोप थियो । उनले निर्वाचन रोकेर विद्यार्थीको अधिकार कुण्ठित पार्न खोजिएको बताए ।

‘हाम्रो आवाज दबाउन खोजियो,' उनले भने, ‘विश्वविद्यालयका उपकुलपति र पदाधिकारीहरुको एमाले पार्टीको गुलाम बने ।’ विश्वविद्यालयका ३४ सय विद्यार्थीहरुको भावनामाथि खेलबाड भएको विद्यार्थीहरुको आरोप छ ।

प्रकाशित : भाद्र २८, २०८१ १८:४०
×