कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

पहिरोले अवरुद्ध राप्ती राजमार्ग चार घन्टापछि खुल्यो

भाद्र २८, २०८१
पहिरोले अवरुद्ध राप्ती राजमार्ग चार घन्टापछि खुल्यो

सल्यान — अविरल वर्षाका कारण पहिरोले शुक्रबार बिहानदेखि अवरुद्ध राप्ती राजमार्ग चार घन्टापछि सञ्चालनमा आएको छ । सल्यान र दाङको सीमा क्षेत्र राम्रीमा खसेको पहिरो जेसीबीले हटाएपछि सडक खुलेको हो । 

सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुवाहक सवारी साधन गन्तब्यतिर आउजाउ गरिरहेका छन् । अविरल वर्षापछि राम्रीमा गएको पहिरो मात्र नभई अन्य स्थानहरूमा थुप्रिएका ढुंगामाटो लगायत पनि सफा गरिएको छ ।

राम्री मात्र नभई अन्य स्थानमा खोलाले सडकमा थुपारेको ढुंगामाटो जेसीभीले हटाएपछि राप्ती राजमार्ग दिउँसो १२ बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले बताए । पहिरो हटाएपछि गाडी सञ्चालनमा आएपनि जोखिम भने उत्तिकै रहेकाले उच्च सतर्कता अपनाएर गाडी चलाउन प्रहरीको आग्रह छ ।

२४ घन्टाभन्दा बढी समयदेखि अविरल वर्षाका कारण अवरुद्ध भएको मदन भण्डारी राजमार्ग भने अहिलेसम्म खुलेको छैन । अविरल वर्षाका कारण जिल्लामा एक घर भत्किएको र ग्रामीण सडकहरुमा धेरै क्षति पुर्‍याएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २८, २०८१ १४:५२
×