कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

पहिरोले राप्ती र मदन भण्डारी राजमार्ग अवरुद्ध 

भाद्र २८, २०८१
पहिरोले राप्ती र मदन भण्डारी राजमार्ग अवरुद्ध 

सल्यान — अविरल वर्षका कारण पहिरो जाँदा शुक्रबार बिहानैदेखि राप्ती राजमार्ग र मदन भण्डारी राजमार्ग अन्तर्गत तुलसीपुर–कालिमाटी-सुर्खेत सडक अवरुद्ध भएको छ । 

सल्यान र दाङको सीमानामा पर्ने राम्रीमा खसेको पहिरोले राप्ती राजमार्ग र कालिमाटी गाउँपालिका-४ टटेलीमा खसेको पहिरोले मदन भण्डारी राजमार्ग अन्तर्गत तुलसीपुर–कालिमाटी–सुर्खेत सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि दर्जनौं सवारीसाधनहरु सडकमै रोकिएका छन् भने यात्रुहरु समेत अलपत्र परेका छन् । लगातार परेको वर्षाका कारण दैनिकजसो राप्ती राजमार्ग र मदन भण्डारी राजमार्गमा जाने पहिरले गर्दा यात्रुहरुलाई सास्ती भएको छ ।

राम्रीमा गएको पहिरो जेसिभी लगाएर हटाउन थालिएको र टटेलीमा खसेको पहिरो हटाउन जेसिभी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए ।

अविरल वर्षाले ग्रामीण सडक समेत अवरुद्ध भएका प्रनि खत्रीले जानकारी गराए । लगातार परेको वर्षाले जिल्लाबासी प्रभावित भएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २८, २०८१ १०:२५
×