कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

४८ घण्टापछि खुल्यो कर्णाली राजमार्ग 

भाद्र २८, २०८१
४८ घण्टापछि खुल्यो कर्णाली राजमार्ग 

जुम्ला — अविरल वर्षासँगै आएको पहिरोले बन्द कर्णाली राजमार्ग ४८ घण्टा पछि खुलेको छ । कालिकोटको गगनेखोला, एसमोड र हुल्ममा पहिरो खस्दा यातायात सेवा रोकिएको थियो । 

राजमार्ग खुलेसंगै रोकिएका सवारीसाधनहरु यात्रु बोकेर गन्तब्यतिर लागेका छन् । सडक डिभिजन कार्यालय जुम्लाले दिउँसो १ बजे देखि नै कर्णाली राजमार्ग सञ्चालनमा आइसकेको जनाएको छ ।

'राजमार्गमा खसेको सबैतिरको पहिरो पन्छाएपछि सडक खुलेको छ,' डिभिजन प्रमुख चेतनकुमार मण्डलले भने, ‘यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ । अझै पनि जोखिम कायमै छ ।’ रातिको समयमा राजमार्गमा यात्रा नगर्न समेत उनको आग्रह छ ।

कालिकोटको गगनेखोलामा सबैभन्दा बढी पहिरो खस्ने भएकोले सास्ती भइरहेको छ । 'यहाँ हरेक वर्ष दैनिक हजारौं यात्रुले सास्ती पाइरहेका हुन्छन्,' यात्रु विश्वराज काफ्लेले भने, ‘यसको दिर्घकालीन समाधानको लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गर्न जरुरी छ ।’

पहिरोले सडक ठप्प हुँदा झण्डै तीन हजार भन्दा बढी यात्रु अलपत्र परेका थिए ।

प्रकाशित : भाद्र २८, २०८१ १७:४४
×