कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा स्ववियु निर्वाचन स्थगित 

भाद्र २७, २०८१
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा स्ववियु निर्वाचन स्थगित 

सुर्खेत — मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित गरिएको छ । भदौ २८ गते हुने भनिएको चुनाव विवादसँगै अदालतमा रिट परेपछि स्थगित भएको हो ।

बुधबार विश्वविद्यालय अन्तर्गतको विज्ञान तथा प्रविधि संकायका विद्यार्थीले मतदानबाट बञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

उच्च अदालत सुर्खेतले अर्को आदेश नआउने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ ।

असोज ६ गते दुवै पक्षलाई उच्च अदालत सुर्खेतमा उपस्थित हुनका लागि अदालतले आदेश जारी गरेको छ। निर्वाचन दोस्रो पटक स्थगित भएको हो ।

प्रकाशित : भाद्र २७, २०८१ १२:५७
×