कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

कर्णालीमा रणनीतिक अस्पताल सञ्चालन गरिने : मन्त्री भण्डारी

भाद्र २७, २०८१
कर्णालीमा रणनीतिक अस्पताल सञ्चालन गरिने : मन्त्री भण्डारी

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले यहाँका विभिन्न स्थानमा प्रादेशिक रणनीतिक अस्पतालहरू सञ्चालन गरिने बताएका छन्।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा गरिएको जिल्लास्तरीय स्वास्थ्य क्रियाकलापको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीका साथै स्वास्थ्य चौकीहरूको न्यूनतम सेवा मापदण्डसम्बन्धी समीक्षा कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अस्पतालको सेवा प्रवाह र सेवाग्राहीको अवस्थालाई अध्ययन गरी रणनीतिक अस्पताल तोकिने बताएका हुन्। त्यसका लागि आन्तरिक रूपमा तयारी समेत भइरहेको उनले जानकारी दिए ।

मन्त्री भण्डारीले सूचनाको हकको कार्यान्वयनमा ध्यान दिन निर्देशन दिए। सबै सरकारी कार्यालयले आफ्ना गतिविधिहरु त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा सार्वजनिक गर्नुपर्ने उनले बताए। औषधिजन्य फोहोरमैला व्यवस्थापन, म्याद सकिएका औषधिको व्यवस्थापन, जनचेतनामुलक कार्यक्रम लगायतका विषयलाई ध्यान दिन आग्रह गर्दै कुपोषण जस्ता समस्या समाधानका लागि स्वयंसेविका लगायतका स्थानीय जनशक्ति परिचालन गर्नुपर्ने उनले बताए।

प्रकाशित : भाद्र २७, २०८१ १५:२५
×