कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

कर्णालीमा सार्वजनिक शैक्षिक सुधारको योजना बनाइँदै

भाद्र २५, २०८१
कर्णालीमा सार्वजनिक शैक्षिक सुधारको योजना बनाइँदै

वीरेन्द्रनगर — कर्णालीमा प्रदेश स्तरीय सार्वजनिक शिक्षा सम्मेलन सुरु भएको छ। सार्वजनिक शिक्षा सुधारको कार्ययोजना बनाउनका लागि वीरेन्द्रनगरमा शिक्षा सम्मेलन सुरु भएको हो । मंगलबारबाट सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ ।

सम्मेलनलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान अवस्थामा लिएको जिम्मेवारी अनुसार निष्कर्ष निकालेर दायित्व पूरा गर्ने प्रतिबद्धता जनाए। उनले यो सम्मेलनबाट औंल्याएका प्रदेश सरकारका कमजोरीलाई सुधार गर्ने प्रतिबद्धता पनि जनाए।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालय सुधारका गतिविधि तदारुकताका साथ सञ्चालन गरिनुपर्ने धारणा व्यक्त गरे। उनले विद्यालयमा हुने राजनीतिक गतिविधिका कारण शैक्षिक अवस्था धुमलिएको प्रस्ट पारे। विद्यालयमा स्थानीय पाठ्यक्रमले हाम्रो परम्परा र संस्कृतिजस्ता विषयलाई समेट्न भन्दा पनि आयातित संस्कृतितर्फ उन्मुख गराइरहेको पनि उनले बताए।

शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा आयोजित उक्त सम्मेलनमा शिक्षासँग सरोकार राख्ने विकास साझेदार संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ।

प्रकाशित : भाद्र २५, २०८१ १४:२४
×