कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

पाँच दिनपछि खुल्यो कर्णाली राजमार्ग 

भाद्र १६, २०८१
पाँच दिनपछि खुल्यो कर्णाली राजमार्ग 

दैलेख — वर्षाका कारण पहिरो खसेर १२ भदौदेखि अवरुद्ध बनेको कर्णाली राजमार्ग पाँच दिनपछि खुलेको छ । 

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले गगने खोला र दहिखोलाको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको बताए ।

‘ठुलठुला पहिरोले सडक नै बगाएको र कडा चट्टान कारण घेरै समय लागेको हो,' प्रमुख जिल्ला अधिकारी भुसालले भने, 'तीनदेखि क्षतिग्रस्त स्थानमा बसेर रातदिन काम गरेपछि बल्ल बाटो खुलेको छ । पहिरो गएको स्थानमा वाल उठाएर बाटो बनाउँदै रोकिएका सबै गाडी अगाडि पठाएका छौं ।’

इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक निरन्जन घिमिरेले पाँच दिनदेखि जाममा परेका स्याउका ट्रकहरू अघि बढेको बताए । उनका अनुसार अहिले राजमार्गका अन्य ठाउँका साना–तिना पहिरो पन्छाउने काम भइरहेको छ ।

प्रकाशित : भाद्र १६, २०८१ १८:०७
x
×