कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कर्णाली राजमार्ग छिटो खुलाउन माग 

भाद्र १५, २०८१
कर्णाली राजमार्ग छिटो खुलाउन माग 

जुम्ला — जुम्लावासीले तत्काल कर्णाली राजमार्ग खुलाउने वातावरण मिलाउन सरकारसमक्ष माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै विभिन्न ठाउँमा पहिरो गई राजमार्ग अवरुद्ध हुँदा जुम्ली स्याउ कुहिने अवस्था आएकोले सडक खुलाउन माग गरेका हुन् ।

'पहिरोका कारण निरन्तर कर्णाली राजमार्ग बन्दै हुँदै आएको छ,' ज्ञापनपत्रमा भनिएको छ,‘स्याउ बोकेका सयौं मालवहाक ट्रकहरु सडकमै अलपत्र छन् । यो अवस्था एक/दुई दिन मात्र लम्बिएको खण्डमा स्याउ कुहिने त्रास फैलिएको छ । त्यसैले सरकारले जनशक्ति र बढीभन्दा बढी उपकरणहरु परिचालन गर्नुपर्ने देखिन्छ ।'

राजमार्गको दहीखोला, एसमोड, मेयरखोला, गगनेखोला लगायतका स्थानमा ठूलो पहिरो खसेको छ । सडकमा स्याउ बोकेका, दैनिक उपभोग्य सामानहरु बोकेका र यात्रुबोकेका सवारीसाधन अलपत्र छन् । उनीहरुले तत्काल राजमार्गको पहिरो हटाउन बजेट व्यवस्थापन गर्नसमेत माग गरेका छन् ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही, अधिवक्ता तथा पत्रकार महासंघ जुम्लाका संस्थापक नरेन्द्रनाथ योगी र नागरिक समाजका संयोजक राजबहादुर महतले बाटोमा रोकिएका स्याउ बोकेका गाडीहरु तत्काल गन्तव्य पठाउने गरी पहिरो पन्छाउने कार्य अघि बढाइदिन आग्रह गरेका हुन् ।

प्रकाशित : भाद्र १५, २०८१ १६:४०
x
×