कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

४ दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध

भाद्र १५, २०८१
४ दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध

Highlights

  •  राजमार्गका १२ स्थानमा पहिरो खस्दा आवतजावमा समस्या 

सुर्खेत — विभिन्न स्थानमा गएको पहिरो पन्छाउन नसक्दा चार दिनदेखि कर्णाली राजमार्गका अवरुद्ध छ । मालाचौर, दहीखोला र किट्टुभीरमा गत बुधबार गएको पहिरो हटाउन नसक्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनिल दाहालले पहिरो हटाउन नेपालगन्ज र सुर्खेतबाट ठूला मेसिन झिकाइएको बताए । उनले राजमार्गको पहिरो हटाउन अझै दुई तीन दिन लाग्ने बताए । ‘कालीकोट क्षेत्रमा बाटो क्षतिग्रस्त छ । पहिरोमा फसेका सयौं यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ,' उनले भने, 'जतिसक्दो छिटो बाटो सञ्चालनमा ल्याउने तयारीमा जुटेका छौं ।’

उनका अनुसार बाटोसँगै पक्की पुल बगाएको छ । राजमार्गका १२ स्थानमा पहिरो खसेको छ । राजमार्ग बन्द हुँदा दैलेख, कालिकोट, जुम्लालगायत कर्णाली क्षेत्रमा आवतजावत ठप्प भएको छ ।

प्रकाशित : भाद्र १५, २०८१ ११:२७
x
×