कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

चट्याङ लागेर सल्यानमा प्रधानाध्यापकको मृत्यु

भाद्र ११, २०८१

सल्यान — चट्याङ लागेर सल्यानमा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दलबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी स्थानीय कालीदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । चट्याङ लागेर गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।

घरनजिकै गाईबाख्रा चराउन गोठालो गएको समयमा सोमबार बेलुकी चट्याङ लागेर उनी घाइते भएका थिए । मृतकको शव पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ ।

प्रकाशित : भाद्र ११, २०८१ ०७:४७
x
×