कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

पहिरोले कालिकोट–जुम्ला सडक खण्ड अवरुद्ध 

श्रावण २८, २०८१
पहिरोले कालिकोट–जुम्ला सडक खण्ड अवरुद्ध 

कालिकोट — पहिरोले कर्णाली राजमार्गको कालिकोट–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षापछि सोमबार कालीकोटको चौखोलामा गएको पहिरोले कालीकोट–जुम्ला सडक खण्ड अवरुद्ध भएको हो ।

कालिकोटको खाडाचक्र–१० चौखोला नजिकै घरजत्रा ढुंगासहित पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए । ‘अन्यत्र डोजरले फाल्न सकिने ठाउँको पहिरो हटाइसकिएको छ,’ उनले भने, ‘चौखोलामा घरजत्रा ढुंगा खसेकाले विस्फोट गर्नुपर्ने अवस्था छ ।’ पहिरोले सोमबार बिहानैदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको प्रजिअ गणेश नेपालीले बताए । उनले नेपाली सेनासँग समन्वय गरेर ढुंगा विस्फोट गरेपछि सडक खुल्ने जानकारी दिए ।

कालिकोटको चौखोलामा ठूलठूला ढुंगासहितको पहिरो खसेपछि आफूहरू अहिले बाटोमै अलपत्र परेको सुर्खेतबाट जुम्ला हिंडेका कृष्णबहादुर शाहीले बताए । राजमार्गको पहिरो हटाउन जेसीवी पठाइए पनि ढुंगा ठूला भएकाले काम हुन नसकेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित : श्रावण २८, २०८१ १८:३२
×