कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

श्रावण १९, २०८१
कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री कँडेलले प्रदेशसभाबाट दोश्रोपटक विश्वासको मत लिन लागेका हुन् । यसअघि माओवादी केन्द्रसँगको गठबन्धनमा सरकार गठन भएपछि उनले विश्वासको मत लिएका थिए ।

तर संघमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन बनेको छ । मुख्यमन्त्री कँडेलले कांग्रेसको समर्थनमा प्रदेशसभाबाट दोश्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री कँडेलले साउन २१ गते सोमबार विश्वासको मत लिने भन्दै प्रदेशसभा सचिवालयमा पत्राचार गरिसकेको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि २१ मत प्राप्त गर्नुपर्छ । प्रदेशसभामा कँडेलको दल नेकपा एमालेका १० सांसद छन् भने उनलाई समर्थन गर्ने दल नेपाली कांग्रेसका १४ सांसद छन् । यसबाहेक नेकपा माओवादी केन्द्रका १३, रापप्रा र नेकपा एकीकृत समाजवादीका १-१ र स्वतन्त्र सांसद १ जना छन् ।

प्रकाशित : श्रावण १९, २०८१ १५:३३
×