कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

घरको छानाबाट खसेर मृत्यु 

श्रावण ३, २०८१

सल्यान — सल्यानमा घरको छानाबाट खसेर एक जनाको मृत्यु भएको छ । मर्मत गर्ने क्रममा छानोबाट खसेर जिल्लाको बाग्चौर नगरपालिका-१० का तुलसीराम बुढाथोकीको बिहीबार दिउँसो मृत्यु भएको हो । 

बाग्चौर नगरपालिका-१० स्थित खुमराज गिरीको घरको छानो मर्मत गर्ने क्रममा खसेर घाइते भएका बुढाथोकीको श्रीनगरस्थित कर्णाली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले बताए ।

उनका अनुसार घरको छानाबाट खसेका बुढाथोकीको टाउकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो ।

*यसअघि मृतकको नाम अन्यथा हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छ ।-सम्पादक

प्रकाशित : श्रावण ३, २०८१ २१:२०
x
×