कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सरकारबाट बाहिरिन पार्टीको निर्णय पर्खिरहेका छौं : कर्णालीका अर्थमन्त्री केसी

श्रावण २, २०८१
सरकारबाट बाहिरिन पार्टीको निर्णय पर्खिरहेका छौं : कर्णालीका अर्थमन्त्री केसी

रूकुम पश्चिम — कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आफ्नो पार्टी सरकारबाट बाहिरिनका लागि पार्टी केन्द्रको निर्णय पर्खेर बसेको बताए ।

बुधबार रूकुम पश्चिममा नेपाल पत्रकार महासंघ रूकुम (पश्चिम)ले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केन्द्रमा पार्टीहरूको गठबन्धन परिवर्तन भएकाले अब यसको असर प्रदेशमा पनि पर्ने भन्दै यसो भनेका हुन् ।

नेपालमा राजनीतिक परिवेशले सरकारको नेतृत्व गर्नुपर्नेमा सरकार परिवर्तनले राजनीतिक परिवर्तनको नेतृत्व गर्नुपरेको द:खद् अवस्था रहेको बताए । 'प्रदेशहरू स्वायत्त हुनै सकेनन् । केन्द्रमा राजनीतिक उथलपुथल हुनेबित्तिकै यसको असर प्रदेशमा पर्छ । यसको सिकार हामी भएका छौं,' उनले भने ।

साथै मन्त्री केसीले आफ्नो नेतृत्वमा ल्याएको यो वर्षको बजेटको सफल कार्यान्वयन जरूरी रहेको कुरामा जोड दिए । र, यो बर्खायाममा प्राकृतिक विपत्तिबाट हुनसक्ने क्षति न्युनिकरण गर्न प्रदेश सरकार गम्भीर भएको भन्दै यसतर्फ सरोकारवाला सबै सचेत हुनुपर्ने उनले बताए ।

प्रकाशित : श्रावण २, २०८१ १६:१९
×