कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सरावलमा रुख ढलेरले च्यापिएर एक जनाको मृत्यु

भाद्र ३०, २०८१

परासी — पश्चिम नवलपरासीको सरावलमा रुख ढलेर चोट लाग्दा एक महिलाको मृत्यु भएको छ । सरावल गाउँपालिका-१, सालवासस्थित सृष्टि सामुदायिक वनभित्र रहेको घोलामा  माछा मार्ने क्रममा रुख ढलेर घाइते भएकी २७  वर्षकी  पार्वती चौधरीको मृत्यु भएको हो । 

सिसौको सुकेको रुख ढलेर गर्दनमा चोट लागि घाइते भएकी चौधरीको उपचारका क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार श्रीमान्-श्रीमती सामुदायिक वन भित्रको घोलामा माछा मार्न गएको र अचानक सुकेको सिसौको रुख ढल्दा घटना घटेको हो ।

प्रकाशित : भाद्र ३०, २०८१ ११:१७
×