कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

लुम्बिनी प्रदेश सांसद् केसी जेल चलान

भाद्र २३, २०८१
लुम्बिनी प्रदेश सांसद् केसी जेल चलान

दाङ — लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुमपूर्व १ (२) बाट निर्वाचित कांग्रेस सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा कारागार चलान भएका हुन् ।

हालसम्म फरार रहँदै आएका केसीले आइतबार आफै रुकुमपूर्व जिल्ला अदालतमा आत्मसमर्पण गरेको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी माधव खरेलले बताए । अदालतले कैद भुक्तानका लागि कारागार पठाएको उनले जानकारी दिए ।

२०४८ असार ९ मा तत्कालीन रुकुम जिल्ला अदालतले कागजात किर्ते मुद्दामा केसीलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

सम्बन्ध विच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले दिएको जाहेरीमा मुद्दा चलेपछि उनी दोषी ठहर भएका थिए । उनलाई कारबाही नभएको भन्दै चर्को विरोध हुँदै आएको थियो ।


प्रकाशित : भाद्र २३, २०८१ १७:२१
×