कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

खोलाले बगाउँदा एक युवा बेपत्ता

भाद्र २१, २०८१
खोलाले बगाउँदा एक युवा बेपत्ता

बर्दिया — बासगढी नगरपालिका–१ दोन्द्रे खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । ७ जना साथीहरुसँग घुम्न आएका बाँके कोहलपुर–२ का करिब ३२ वर्षिय माधव न्यौपानेलाई खोलामा आएको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए । 

शुक्रबार दिउँसो खोलाले बगाएको जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय, बासगढीका प्रहरी निरीक्षक रुपेश साहले प्रहरी टोली उद्दारका लागि खटिएको बताए ।

उनको अवेरसम्म खोजतलाश गर्दा पनि कुनै पत्तो लागेको छैन । खोलामा सबै नुहाएर फर्किने क्रममा न्यौपाने ढुंङ्गमा चिप्लन गई बगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको डीएसपी अर्यालले बताए ।

प्रकाशित : भाद्र २१, २०८१ २०:०९
x
×