कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

भाइरल ज्वरोका बिरामी बढे

भाद्र १९, २०८१
भाइरल ज्वरोका बिरामी बढे

परासी — जिल्ला अस्पताल पूर्वी नवलपरासीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । अस्पतालमा आउने अधिकांश बिरामीमा भाइरल ज्वरो र रुघाखोकीको संक्रमण देखिएको चिकित्सकले जनाएका छन् ।

विशेष गरेर बालबालिका र र वृद्धवृद्धाहरु उच्च ज्वरो र रुघाखोकीको समस्या लिएर परीक्षणका लागि आउने गरेको मध्यविन्दु जिल्ला अस्पताल प्रशासन शाखाले जनाको छ ।

जिल्ला अस्पतालमा अहिले दैनिक जसो २ सय ५० बिरामी परीक्षणको लागि आउने गरेकोमा १ सय भन्दा बढी बिरामी उच्च ज्वरोको समस्या लिएर आउने गरेका छन् । जसले गर्दा अस्पतालमा बिरामीको चाप बढेको छ ।

उच्च ज्वरो आउने अधिकांश बिरामीलाई डेगुं परीक्षण गराउने गरिएको छ । स्वास्थ बिमा गरेका बिरामी जाने जिल्ला अस्पतालमा डेंगु र स्क्रब टाइफसको जाँच बिमामा नपरेपछि बिरामी मर्कामा परेका छन् ।

प्रकाशित : भाद्र १९, २०८१ १७:०९
x
×