कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

तिनाउ खोलामा पुरुषको शव फेला 

भाद्र १९, २०८१
तिनाउ खोलामा पुरुषको शव फेला 

पाल्पा — पाल्पाको माथागढी गाउँपालिका–३, कसेनीको बेलटारीमा बुधबार एक पुरुषको शव फेला परेको छ । शव तानसेन नगरपालिका–९ का ५६ वर्षीय मानबहादुर कुमालको भएको प्रहरीले जनाएको छ । कुमार कुमाल सोमबारदेखि घरबाट बेपत्ता भएका थिए । हातमै चप्पलसहित भेटिएकाले कुमाललाई खोलाले बगाएको हुनसक्ने तानसेन–९ का वडाध्यक्ष राजेशकुमार अर्यालले बताए । 

खोलामा माछा मार्नेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि अस्थायी प्रहरी पोष्ट माडीफाँटबाट प्रहरी सहायक निरीक्षक र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानपश्चात् शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको छ ।

घटनासम्बन्धी थप अनुसन्धान कार्यभइरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । माथागढी–३ र तानसेन–९ जोड्ने तल्लो सिमलघाट (बेलटारी) विद्यार्थीका साथै सर्वसाधारण आवाजजावत गर्ने घाटसमेत हो । तीन वर्षदेखि यही स्थानमा झोलुंगे पुल बनाउन बजेट छुट्याइए पनि पुल निर्माण हुन सकेको छैन ।

प्रकाशित : भाद्र १९, २०८१ १८:०३
x
×