कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

चरेस र भारुसहित २ जना पक्राउ

भाद्र १८, २०८१
चरेस र भारुसहित २ जना पक्राउ

कपिलवस्तु — सीमास्थित कृष्णनगर नगरपालिका २, यात्रु गेटबाट लागूऔषध र भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् । 

रुकुम साबिक कोल गाविस ५, घर भई हाल शिवराज नगरपालिका–१, चैनपुर नौडिहवा बस्दै आएका ६४ वर्षीया कलिसरा पुनलाई प्रहरीले डेढ किलो चरेस र एक लाख १० हजार भारतीय रुपैयाँसहित रुकुम पश्चिम बाफिकोट गाउँपालिका ७, मकामाका ४० वर्षीय भिमसेन खत्रीलाई पक्राउ गरेको हो । पुनलाई एक किलो ४ सय ४६ ग्राम चरेस झोलामा लुकाईछिपाई भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

त्यस्तै पुनसँगको चरेस खरिद गर्न भारतको हिमाचलबाट आएका भनिएका खत्रीलाई बसपार्कबाट एक लाख १० हजार भारतीय रूपैयाँसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए ।

दुवैजनासँग सोधपुछ भइरहेको र कारोबारमा अन्य व्यक्ति पनि संलग्न रहेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १८, २०८१ १७:३६
x
×