कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

५ लाख ३३ हजार मूल्यको मोबिल बरामद

भाद्र १२, २०८१

बर्दिया — भारतबाट भन्सार छलेर ल्याइएको ५ लाख ३३ हजार बढी मूल्यको इन्जिन आयल (मोबिल) बरामद भएको छ । 

बढैयाताल गाउँपालिका–८ स्याउली बजारका ४६ वर्षीय बसन्त सिंह ठकुरीको कोही नबस्ने घरबाट सर्भो ४ टि २० डब्लु बि ५६ कोम्पलिएन्ट नाम गरेको ६ सय लिटरभन्दा बढी मोबिल बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालका अनुसार मोबिल १ लिटर भएको ४ सय ५५ बट्टा र बजाज डिटिएस लेखेको डेढ लिटरको मोबिल १ सय ९४ बट्टा फेला पारिएको छ । बरामद गरिएको सामान भारतीय सीमा बजारबाट ल्याइएको अनुमान प्रहरीको छ ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, राजापुरमा बुझाइएको छ ।


प्रकाशित : भाद्र १२, २०८१ १७:२०
x
×