कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

पश्चिम नवलपरासीमा जनसरोकार समिति गठन

भाद्र १२, २०८१
पश्चिम नवलपरासीमा जनसरोकार समिति गठन

परासी — मिटरव्याज, लघुवित्त, भ्रष्टाचार तथा विद्यमान सामाजिक र आर्थिक विकृतिविरुद्ध आवाज उठाउन पश्चिम नवलपरासीमा जनसरोकार संघर्ष समिति गठन भएको छ ।

गरिब तथा विपन्न परिवार बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र गाउँघरमा मिटर ब्याजबाट पीडित भएको भन्दै न्यायका लागि संघर्ष समिति गठन गरेका हुन् ।

संविधानसभा सदस्य चिनक कुर्मीको अध्यक्षतामा १ सय १ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । परासीमा आयोजित एक समारोहका बीच गठन गरिएको समितिले राज्यसँग १० बुँदे माग पत्र जारी गरेको छ । जसमा संविधान संसोधनसहित बैंक तथा वित्तीय संस्थाको ब्याज ५ प्रतिशतदेखि ८ प्रतिशतसम्म कायम गर्न र कोरोना कालको ब्याज मिनाहा गर्न माग गरिएको छ ।

माग पूरा नभएमा चरणवद्ध आन्दोलमा जाने चेतावनी दिइएको छ । संघर्ष समितिले बैंक तथा वित्तीय, मिटरब्याजबाहेक राजनीतिक मागमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन, क्लष्टरको आधारमा तीन वटै सरकारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्न माग गरिएको छ ।

प्रकाशित : भाद्र १२, २०८१ १९:२०
x
×