कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

अनलाइनबाट जथाभावी औषधि किनेर खाँदा स्वास्थ्यमा समस्या

भाद्र १०, २०८१

रुपन्देही — रुपन्देहीमा वजन घटाउनका लागि अनलाइनबाट अर्डर गरेको औषधि ‘गार्सिनिया कम्बोजिया’ सेवनले तीन जना बिरामी परेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा.नन्दु पाठकले बिरामीमध्ये एक जना दुई साताअघि, एक जना गत साता र एक जना आइतबार उपचार गराउन आएको बताए ।

‘उपचारका लागि आएका बिरामीहरूले उक्त औषधिको सेवन गरेको डेढ महिना बढी भइसकेको रैछ,’ उनले भने, ‘उक्त औषधिबारे अध्ययन गर्दा मलमा प्रयोग हुने रासायनिक पदार्थ ‘लिड’ मिसाएर बनाएको पाइएको छ ।’

जथाभावी औषधि खाँदा फोक्सो, मृगौलामा असर पर्ने उनले बताए । अनलाइनमा पाइने औषधि भनेर बेचिएका चिज चिकित्सकलाई नसोधी सेवन नगर्नसमेत उनले सुझाव छ ।

प्रकाशित : भाद्र १०, २०८१ ०९:५८
x
×