कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

ब्राउन सुगरसहित दुई पक्राउ

भाद्र २७, २०८१
ब्राउन सुगरसहित दुई पक्राउ

बर्दिया — भारतीय सीमा नाकाको बजार बलैगाउँ हुँदै बर्दिया बढैयाताल गाउँपालिका–२ फुटाहामा लागूऔषध ब्राउन सुगरसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, ३१ नम्बर गणअन्तर्गत बीओपी फुटाहाले उक्त पदार्थ फेला पारेको हो । 

बिहीबार बेलुकी नेपाल-भारत सीमानामा जाँच गर्दा करिब साढे ५ ग्राम उक्त पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कैलाली धनगढी नगरपालिका–३ का २६ वर्षीय मनोज ऐरी र बाँके खजुरा गाउँपालिका–९ का २७ वर्षीय नविन हमाल रहेको सशस्त्र प्रहरी उपरीक्षक चित्रांगत दाहालले बताए । उनीहरुबाट दुई थान मोबाइल र २ हजार ८ सय ३५ रुपैयाँ बरामद गरिएको उनले जनाए ।

पक्राउ परेकालाई नेपाल प्रहरीलाई कारबाहीका लागि पठाइएको छ । जिल्ला प्रशासन कार्यालय, बर्दियाले भदौ महिनादेखि तीन महिने लागूऔषधविरुद्ध कारबाही सुरु गरेपछि कारोबारी र सेवनकर्ता पक्राउ पर्न थालेको सशस्त्र प्रहरी उपरीक्षक दाहालले जनाए ।

प्रकाशित : भाद्र २७, २०८१ १९:५०
×