कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

कपिलवस्तुमा बस दुर्घटना हुँदा २० जना घाइते

भाद्र १०, २०८१
कपिलवस्तुमा बस दुर्घटना हुँदा २० जना घाइते

कपिलवस्तु — पूर्व-पश्चिम राजमार्गस्थित कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासामा सोमबार बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।सुर्खेतबाट बुटवलतर्फ जाँदै गरेको संयुक्त यातायातको लु २ ख १५९८ नम्बरको बस दुर्घटनामा परेको हो ।

घाइतेमध्ये ४ जनाको बुटवलको चौराहा अस्पताल, ५ जनाको भैरहवा मेडिकल कलेज र ३ जनाको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पताल र १ जनाको आधारभुत अस्पताल चन्द्रौटामा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका निरिक्षक अनिश भण्डारीले जानकारी दिए।

उनका अनुसार मोटरसाइकललाई बचाउने क्रममा बस सडकमै पल्टिएको हो । बस चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित : भाद्र १०, २०८१ २२:२७
x
×