कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

ट्रकको ठक्करबाट रूपन्देहीमा पैदल यात्रुको मृत्यु

भाद्र ६, २०८१
ट्रकको ठक्करबाट रूपन्देहीमा पैदल यात्रुको मृत्यु

बुटवल — ट्रकको ठक्करबाट रूपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा पैदलयात्रीको मृत्यु भएको छ ।प्रहरीका अनुसार मायादेवी गाउँपालिका–६ का ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको हो । लु २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बेल्दारको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता मनोहर भट्टले बताए । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : भाद्र ६, २०८१ १४:३५
x
×