कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

लुम्बिनी प्रदेशसभा बैठक : स्थानीय सेवाको विधेयक निर्णयार्थ प्रस्तुत गरिँदै 

भाद्र २७, २०८१
लुम्बिनी प्रदेशसभा बैठक : स्थानीय सेवाको विधेयक निर्णयार्थ प्रस्तुत गरिँदै 

देउखुरी, दाङ — लुम्बिनी प्रदेशसभाको ३०औं बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पसश भई निर्णयार्थ प्रस्तुत गर्ने भएका छन् । 

आज दिउँसो २ बजे प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यले समसामयिक विषयमा शून्य समय र विशेष समयमा धारणा राख्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।

बुधबार बसेको बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलमुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेस गरेकी थिइन् ।

प्रकाशित : भाद्र २७, २०८१ ०८:०३
×