कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

दाङमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

श्रावण ७, २०८१
दाङमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

दाङ — मोटरसाइकलको ठक्करबाट लमहीमा एक बालिकाको मृत्यु भएको छ । लमहीबाट भालुबाङतर्फ  गइरहेको लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले आइतबार राति लमही नगरपालिका -१ नर्तीमा ठक्कर दिँदा स्थानीय १० वर्षीया स्वस्तिका चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

चौधरीले बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । लमही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

मोटरसाइकल चालक गढवा गाउँपालिका- २ महदेवा निवासी २९ वर्षीय अपिल शर्मा घाइते छन् । उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : श्रावण ७, २०८१ ०९:४८
x
×