कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

पहिलो पटक प्लाइउड भारत निकासी

कार्तिक २१, २०७९
पहिलो पटक प्लाइउड भारत निकासी

नेपालगन्ज — बाँकेबाट पहिलो पटक प्लाइउड भारत निकासी गरिएको छ। सधैँ भारतबाट प्लाइउडका तयारी र कच्चा पदार्थ ल्याउने गरिएकोमा यस क्षेत्रबाट प्लाइउड भारत निकासी भएको पहिलो पटक हो ।

सोमबार शिखर प्लाइउडले २८ टन प्लाइउड भारत पठाएको हो । सधैँ भारतबाट प्लाइउडका तयारी र कच्चा पदार्थ ल्याउनुपर्थ्यो,’ शिखर प्लाइउडका प्रबन्ध निर्देशक चम्पालाल बोथराले भने, ‘पहिलो पटक यस क्षेत्रबाट भारत निकासी सुरुवाता गरेका हौं ।’

यहीँ उत्पादन हुन थालेपछि भारतबाट आउने करोडौँको कच्चा पदार्थ र तयारी सामान रोकिने अपेक्षा गरिएको छ। बोथरा आफैंले इकुलिप्टिस र पोपलर (लहरे पिपल) का तीन लाख बिरुवा लगाएका छन्।

यहाँका धेरै किसानले दुई करोड बिरुवा लगाएका छन्। कच्चा पदार्थमा आत्मनिर्भर हुँदै गएपछि बाँकेबाट तयारी प्लाइ भारत पठाउन सकिएको बोथराले बताए । भारतमा प्लाइउड पठाउन थालेपछि किसान थप उत्साहित भएको बोथरा बताउँछन् । पछिल्लो समय यस क्षेत्रमा इकुलिप्टिस र पोपलर लगाउने किसान बढ्दै गएका छन्।

प्रकाशित : कार्तिक २१, २०७९ २०:२८
×