सुनगोहोरोको उद्धार- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनगोहोरोको उद्धार

कमल पन्थी

बर्दिया — शनिबार दिउँसो सशस्त्र प्रहरी गणको मुख्यालय, गुलरियामा सुनगोहोरो फेला परेको छ । सुनगोहोरो विश्वकै लोपोन्मुख प्रजाति हो ।

करिब एक वर्षको सुनगोहोरो फेला पारेपछि जिल्ला वन कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बूढाले बताए ।

उक्त गोहोरोको लम्बाइ १८ इन्च रहेको छ । संरक्षित सरीसृप प्रजातिको सुनगोहोरो नेपाल,बांग्लादेश र भारतमा पाइने गरेको वन कार्यालयले जनाएको छ ।

वन्यजन्तु मासु र छालाका लागि चोरीसिकार हुने गरेकोले सुनगोहोरो दुर्लभ बन्दै गएको हो । वन कार्यालयले उद्धार गरिएको सुनगोहोरोलाई सामुदायिक वनमा छाडिने जनाएको छ ।

प्रकाशित : श्रावण १४, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस नेता कोइरालालाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण देखिएको छ । शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोभिड पोजेटिभ रिपोर्ट आएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

कोइरालाको ग्रान्डीमै उपचार भइरहेको छ । सामान्य खोकी र ज्वरो कायम रहेको स्वकीय सचिव थपलियाले जनाए ।

कोइराला पार्टी कार्यक्रमका लागि केही दिनअघि मधेसका विभिन्न जिल्ला पुगेर राजधानी फर्किएका थिए ।

प्रकाशित : श्रावण १४, २०७९ १७:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×