कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पोखरामा तेस्रो अन्तर्राष्ट्रिय योग महोत्सव हुँदै

भाद्र २९, २०८१
पोखरामा तेस्रो अन्तर्राष्ट्रिय योग महोत्सव हुँदै

काठमाडौँ — पोखराको काहुँडाँडामा नोभेम्बर ७ देखि १० गतेसम्म 'तेस्रो स्पिरिट नेपाल अन्तर्राष्ट्रिय योग महोत्सव' आयोजना हुने भएको छ । योग कनेक्सन नेपालका राघवको आयोजनामा हुन लागेको कार्यक्रममा प्रचार नेपालका आशिष पुरी र स्पेक्स १४ इभेन्ट कम्पनीका महेश्वरसिंह भण्डारीको सहकार्य छ । ४० भन्दा बढी देशका २५० भन्दा बढी सहभागीहरुलाई एकै ठाउँमा ल्याउने तयारी गरिएको छ ।

ग्लोबल वेलनेसलाई बढावा दिनकाका लागि मुख्यरुपमा यो महोत्सव आयोजना गरिएको हो । महोत्सवमा अन्तर्राष्ट्रिय विशेषज्ञहरू र सहभागीहरूले विविध न र अनुभवहरू साझा गर्नेछन् ।

विभिन्न प्रकारका योग शैलीहरू, ध्यान अभ्यासहरू, विश्वव्यापी संगीत, नृत्य, र कलात्मक अभिव्यक्ति महोत्सवमा रहनेछन् ।

महोत्सवमा मिस युनिभर्स ग्ल्यामरस-२०२३ दयाना सोलानो (स्पेन/भेनेजुएला), मिसेज इन्डिया वर्ल्ड-२०२३ चेतना जोशी तिवारी (भारत), एमी अवार्ड विजेता सोनिया आजाद (अमेरिका),इभ भ्यान डालेन (नेदरल्याण्ड) र एन्जल विकी (चेक रिपब्लिक), राघव (भारत),फिजा चौधरी (पाकिस्तान),किरा (भारत),अनिश रंगरेज (भारत),शुभेन्दु रोय (यूएइ/भारत) अन्जान (भारत), कृतांश पाण्डे (नेपाल) ले योग ध्यान जपको सेसन चलाउने आयोजकले जनाएका छन् ।महोत्सवमा सांगीतिक प्रस्तुतिहरू पनि रहनेछन् ।

प्रकाशित : भाद्र २९, २०८१ १६:०९
×