कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

बहुविवाहका फरार प्रतिवादी पक्राउ

भाद्र १२, २०८१
बहुविवाहका फरार प्रतिवादी पक्राउ

तनहुँ — बहुविवाह मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले करिव ३ वर्षपछि पक्राउ गरेको छ । बहुविवाह मुद्दामा जिल्ला अदालत नवलपुरबाट २०७८ बैशाख १५ गतेको फैसलाले तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी बिगत ३ वर्षदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए । 

उनका अनुसार तनहुँ बन्दीपर गाउँपालिका वडा नं. ६ साराङघाट बस्ने ३० वर्षीय कृष्णबहादुर गुरुङलाई बुधबार पक्राउ गरिएको हो । निजलाई तोकिएको ११ महिना ४ दिन कैद भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र १२, २०८१ २०:२१
x
×