कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

तनहुँमा ६ वटा सवारीसाधन ठोक्किँदा चार जना घाइते

भाद्र १२, २०८१
तनहुँमा ६ वटा सवारीसाधन ठोक्किँदा चार जना घाइते

तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा बुधबार दिउँसो ६ वटा सवारीसाधन ठक्कर खाँदा चार जना घाइते भएका छन् । राजमार्गमा ट्रक, बस, माइक्रो र बोलेरो ठक्कर खाँदा चार जना घाइते भएका हुन् ।

दमौलीतर्फबाट डुम्रे तर्फ जाँदै गरेको ना ५ ख २०३४ नम्बरको बसको ब्रेक फेल हुँदा सोही दिशातर्फ जाँदै गरेको ग ३ ख १३९० न.को ट्रकलाई ठक्कर दिई बस अनियन्त्रित हुँदा सोही दिशामा जाँदै गरेको ग ३ च ८३९० न.को बोलेरोलाई ठक्कर दिएको थियो ।

उक्त बोलेरो गाडीले सोही दिशामा जाँदै गरेको ग १ ख ९५६१ नम्बरको बसलाई ठक्कर लाग्न गई उक्त बसले ना १ च ८४३४ न.को बोलेरो, उक्त बोलेरोले ना २ ख ३७८९ न.को हाइसलाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

घाइते हुनेहरुमा बोलेरो चालक मकवानपुर थाहा नगरपालिका–७ बस्ने २४ वर्षीय नवराज गोले, सवार बागलुङ काठेखोला गाउँपालिका–५ बस्ने ५९ वर्षीय देवीलाल कँडेल, सोही ठाउँ बस्ने ४९ वर्षीया विमला कँडेल र सहचालक रौतहट गजुरा नगरपालिका–५ बस्ने ४६ वर्षीय निरतारिक बाबु रहेका छन् ।

घाइतेहरुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १२, २०८१ २०:१२
x
×