कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

मुस्ताङको थासाङमा पुनः हिउँपहिरो, बोक्सीखोला थुनियो

भाद्र ११, २०८१
मुस्ताङको थासाङमा पुनः हिउँपहिरो, बोक्सीखोला थुनियो

म्याग्दी — धौलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट मंगलबार साँझ पुनःहिउँपहिरो खसेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही असोज ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो ।

थासाङ–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवक्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताए ।

'यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ', उनले भने, 'हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।'

बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । आज साँझ ५:४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ । यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए ।

प्रकाशित : भाद्र ११, २०८१ २२:०७
x
×