कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

पोखरामा पहिरोले पुरिएर एकको मृत्यु

असार २६, २०८१
पोखरामा पहिरोले पुरिएर एकको मृत्यु

पोखरा — पोखरा-२७ सहलापाटामा बुधबार बिहान पहिरोले पुरिएर एकजनाको निधन भएको छ । घरमाथिबाट आएको पहिरोले पुरिदाँ २२ वर्षीय भीमबहादुर थापाको निधन भएको हो ।

बिहान ४ बजे सुतिरहेको अवस्थामा झण्डै २० मिटरमाथिबाट पहिरो खसेर ब्लकले बनेको जस्ताले छाएको कच्ची घर पुरेको थियो । इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनकी आमा ५० वर्षीया कमला थापाको भने सकुशल उद्धार गरेको कास्की प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले बताए ।

प्रकाशित : असार २६, २०८१ ०८:४५
x
×