कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

सेती नदीले बगाउँदा एक पुरूष बेपत्ता

असार २६, २०८१

तनहुँ — जिल्लाकाे तनहुँ व्यास नगरपालिकामा बुधबार बिहान सेती नदीले बगाउँदा एक जना पुरूष बेपत्ता भएका छन् । व्यास-१३ छाब्दी दोभानस्थित सेती नदीमा दाउरा तान्ने क्रममा व्यास- १ भादगाउँका करिब ५५ वर्षीय तालबहादुर थापा बेपत्ता भएका प्रहरी उपरीक्षक अपिल बाेहेराले बताए ।

नदीले बगाई बेपत्ता भएको भन्ने सूचना प्राप्‍त हुनासाथ जिप्रका तनहुँबाट प्रहरी निरीक्षक मोहनकुमार खड्काको कमाण्डमा १५ जनाको टोली खटी गई खोजतलास भइरहेकाे उनले बताए ।


प्रकाशित : असार २६, २०८१ ११:४३
x
×